
हुलाकी न्यूज, ड्यालस (अमेरिका) । अमेरिकामा रहेका मधेशी सम्बन्धी विभिन्न संस्थाहरु विस्तार हुँदैछ । हालसम्म अमेरिकामा आदा दर्जन मधेशी संस्थाहरु सक्रिया रहेको मध्ये डिएफडब्लू मधेशी समाज पनि विस्तार हुँदै गएको छ ।
हाल अमेरिकामा एशोसिशएन अफ तराइयन इन अमेरिका (एन्टा), मधेशी एशोसिएशन अमेरिका (मा), मधेश मानव अधिकार (मधुर), डिएफडब्लू मधेशी समाज लगायतका संस्थाहरु सक्रिय रहेका छन् ।
शनिबार मात्रै ड्यालसमा भेला भएका मधेशीहरुले डीएफडब्लू मधेशी समाजको विस्तार भएको छ ।
भेलाले टेक्ससका विजय यादवको अध्यक्षतामा उक्त समिति गठन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा टेक्ससकै राजेश यादव चयन भएका छन् । त्यस्तै उपाध्यक्षद्वयमा नर्थ क्यारोलाइनका धिरेन्द्र यादव र टेक्ससका काजल कर्ण चयन भएका छन् भने महासचिवमा नित्य शाह, सहसचिवमा राजकुमार यादव, कोषाध्यक्षमा मुकेश शाह र मिडिया संयोजकमा दिनेश यादव चयन भएका छन् ।
नौ जना कार्यसमिति सदस्यहरूमा इलिनियोसका रामआश्रे राय, भर्जि्नियामा बैदनाथ शाह, टेक्ससका राजकुमार यादव, अलाबामाका शशी यादव, टेक्ससका सञ्जय यादव, टेक्ससका सीमा राय, टेनिसीका सञ्जित यादव, क्यालिफोर्नियाका लक्ष्मी यादव र ओक्लाहोमाका रामप्रसाद यादव रहेका छन् ।
भेलाले ६ जनालाइ सल्लाहकारमा मनोनयन समेत गरेको छ । जसमा इलिनियोसका डा. मुकेश यादव र डा. रेवति रमण, टेक्ससका अमरनाथ शाह, राजेश अधिकारी, सञ्जय कर्ण र सन्तोष चौधरी रहेका छन् ।
यसैबीच शनिबारकै भेलाले अमेरिका मधेशी समाजको डिएफडब्ल्यु च्याप्टर गठन गरेको छ ।
च्याप्टरको अध्यक्षमा नितेश कलवार चयन भएका छन् । त्यस्तै तीन उपाध्यक्षहरूमा शशी यादव, किरण अधिकारी, बच्चेलाल राय चयन भएका छन् ।
सचिव, सहसचिव, कोषाध्यक्ष र मिडिया संयोजकहरूमा क्रमशः चितरञ्जन यादव, भोपाल शाह, अजय शाह र अभिशेक झा चयन भएका छन् ।
च्याप्टरको कार्यकारिणी सदस्यहरूमा इन्दु कर्ण, सुनिल यादव, राजीव यादव, अनिल यादव, गीता शाह, खुस्बु यादव, रामु पण्डित, नितु यादव, उमेश यादव, राधा शाह, पमि यादव, प्रमोद यादव, रामकिशोर यादव, सञ्जय गुप्ता, लालबाबु दाश, मुकेश यादव, रजनी सिंह र बीरेन्द्र शाह चयन भएका छन् ।
भेलामा स्थानीय बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शूभकामना मन्तव्य दिएको हिमालयखबरले जनाएको छ ।



