
हुलाकी न्यूज, काठमाडौं । व्यवस्थापिका संसदले राजर्षी जनक विश्वविद्यालय विधेयक पारित गरेको छ ।
विहीबार राजर्षी जनक विश्वविद्यालय विधेयक पारित भएको छ । उक्त विधेयक पारितसँगै राजर्षी जनक विश्वविद्यालय खोल्ने बाटो खुलेको छ ।
कला, प्राचिण दर्शन, विज्ञान, शिक्षा, स्वास्थ्य, प्राविधिकलगायतका विषयमा अध्ययन अध्यापनका लागि उक्त विश्वविद्यालय स्थापना हुने भएको छ ।
संसदको बहुमतले उक्त विधेयक पारित भएको छ ।



