हुलाकी न्यूज, काठमाडौं १६ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घटक तथा तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नाकाबन्दी नखुल्ने बताएका छन् ।

शनिबार साँझ हुलाकी न्यूजसँगको कुराकानीमा अध्यक्ष ठाकुरले भारतीय नाकाहरु ठप्प रहिनरहने जानकारी दिएका छन् ।

टेलिफोनमा ठाकुरले भने,‘नाकाहरु बन्दको हाम्रो कार्यक्रम यथावत छ । सँधै जस्तो भोलीपनि सबै ठाउँको नाकाहरु बन्द रहनेछ । मिडियामा के आएको छ त्यो मलाई थाहा भएन तर हामीले नाका बन्द गर्दै आएका छौं र जारी छ ।’

यता सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दी जनताले गरेकोले कसैले खुलेको भन्दैमा नखुल्ने बताउँदै आएका छन् । महतोले मधेशी मोर्चासहित अन्य मोर्चाको कार्यक्रमहरु पनि यथावत रहने बताएका छन् ।

महतोले नाकाहरुमा नेपाल सरकारले बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् ।

यता केही नेपाली मिडियाहरुमा भारतीय विदेश मन्त्रालयले अघोषित नाकाबन्दी फिर्ता गरेको समाचार आएको छ । तर ती समाचारहरुमा भारतीय पक्षको आधिकारिकता खुलाइएको छैन ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.