हुलाकी न्यूज, वीरगंज, १६ आश्विन । पर्साको वीरगंज नाकामा प्रदर्शनकारीले नाकाबन्दी जारी राखेका छन् । नाकाबन्दीको दसौं दिन शनिबार तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले नाकाबन्दीको नेतृत्व गरिरहेका छन् ।

तमसपा अध्यक्ष यादवसँगै पर्सा जिल्लाका जिल्ला नेताहरुको ठूलो संख्यामा दशगजा क्षेत्रमा उपस्थिति छ । विगत दस दिनदेखि रक्सौलसँग सीमा जोडिएको वीरगंजमा मधेशी मोर्चा, संघीय लोकतान्त्रिक मोर्चा र संघीय मधेशी मोर्चाका नेता कार्यकर्ताले धर्ना दिँदै आएका छन् ।

नाकाबन्दी सुरु भएदेखि रक्सौलबाट नेपालको सीमामा कुनै पनि मालवाहक गाडी आउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.