हुलाकी न्यूज, भैरहवा, १६ आश्विन । भारतीय नाका सुनौलीबाट शनिबार पनि पेट्रोलियम पदार्थसहितका मालवाहक ट्रक नेपाल भित्रिएका छन् । शनिबार दिउँसो १२ बजेसम्ममा सुनौली नाकाबाट ५ वटा डिजेल र २ बुलेट एलपीजी ग्याससहितका ५८ वटा गाडी नेपाल आएका हुन् ।

भारतसँग सीमा जोडिएका अन्य नाकाहरुमा मधेशी र थारु मोर्चाले नाकाबन्दी गरेको भएपनि भैरहवाको बेलहियामा भने सामान बोकेका गाडीलाई प्रवेश गर्न दिइएको छ । यसअघि सुनौली नाकाबाट सामान भित्रिन दिने भारत र नेपाल भन्सारबीच सहमति पनि भएको छ ।
शनिबार बिहानै संघीय समाजवादी फोरम नेपालका केही नेता कार्यकर्ता बेलहिया नाकामा पुगेका थिए । उनीहरु नाकामा रहेसम्म ट्रक नेपालको सीमाभित्र प्रवेश नगरेको भएपनि उनीहरु त्यँहाबाट हटेपछि भने सामानको ढुवानी सुचारु गरिएको हो ।

सुनौली नाकाबाट मालवाहक गाडी आइरहेको र साँझसम्म पेट्रोलियम पदार्थसहितका थप केही गाडी आउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.