हुलाकी न्यूज, काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार विहान ८ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री निवासमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ ।



