हुलाकी न्यूज, रौतहट १६ आश्विन । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको ग्रान्ड डिजाइनमा रौतहटको चन्द्रनिगाहपुरमा मधेशी मोर्चा र थारु मोर्चाका कार्यकर्तामाथि आक्रमण भएको स्थानीय नेताहरुको आरोप छ । तराई मधेश लोकतान्त्रिक पार्टीका रौतहट अध्यक्ष बाबुलाल साहले शुक्रबार चन्द्रनिगाहपुरमा प्रहरीसँगै केही अपरिचित अनुहारले मधेशी र थारु प्रदर्शनकारीमाथि गरेको आक्रमण नेता नेपालकै उक्साहटमा भएको आरोप लगाए ।
थरुहट कल्याणकारणी सभाको केन्द्रिय कार्यक्रम अनुसार राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम अनुरुप सभाको आह्वानमा मोर्चाका कार्यकर्ता सहित शुक्रबार दिउँसो १ बजेको समयमा चन्द्रनिगाहपुर पुगेका प्रर्दशनकारी माथि प्रहरीले गोली प्रहार गरेको थियो । यता केही गैरमधेशी समुदायका व्यक्तिले पनि आक्रमण गरेको प्रदर्शनमा सहभागी नेताहरुले बताएका छन् ।

यस सम्बन्धमा हुलाकी न्यूजसँग कुराकानी गर्दै मोर्चाका जिल्ला नेता बाबुलाल साहले चन्द्रनिगाहपुर घटना एमाले नेता माधव कुमार नेपाल र एमाले सभासद रामकुमार भट्टराईको डिजाईनमा सुनियोजित ढंगले गराईएको आरोप लगाएका छन् ।
नेता साहका अनुसार बिहिबार चन्द्रनिगाहपुर आएका नेता माधव कुमार नेपालले गैर मधेशी बाहुल्यता भएको सो क्षेत्रमा आफ्ना कार्यकर्तालाई राखेर भाषणकै क्रममा मधेशी नेता र जनतालाई ईटको जवाफ पत्थरले दिने भन्दै ब्रिफिङ गरेका थिए ।
नेता नेपालकै ब्रिफिङ र डिजाईनमा एमालेका केहि कार्यकर्ता र गैर मधेशी समुदायका मानिसहरु शान्तिपूर्ण आन्दोलनलाई साम्प्रदायिक दंगाको रुपमा परिणत गर्न आक्रमण गरेको नेता साहको दाबी छ ।
“हामी पूर्व निर्धारित कार्यक्रम अनुसार थरुहट संघर्ष समितिका कार्यकर्ता र संयुक्त मधेशी मोर्चाका कार्यकर्ता सहित दिउँसो १ बजे चन्द्रनिगाहपुर पुगेका थियौं, पहिलेदेखि स्टैण्ड बाई बसेका माधव नेपालका पछलगुवाहरु हामी चपुर बजार क्षेत्र प्रवेश गर्न नपाउँदै आक्रमन गरे”, साहले निकै आक्रोशित हुँदै भने, “प्रहरी पनि तयारी अवस्थामा रहेको थियो, हामी प्रहरीलाई हाम्रो शान्तिपूर्ण कार्यक्रम रहेको आग्रह गरे तर माधव नेपालको ब्रिफिङ अनुसार झडपको मानसिकता बनाएका प्रहरी समेत हाम्रो सुनेन र अन्धाधुन्द अश्रु ग्यास र गोली बर्साई रहयो, घरका छत छत बाट गैर मधेशीले चलाएको काँचका बोतल र ढुंगा तथा प्रहरीको बुलेट लागी हाम्रा केहि कार्यकर्ता घाईते भएका छन् ।”
माधव नेपालको घृणित कार्यका कारण रौतहटमा समजिक सदभाव बिग्रने सक्ने ईसारा गर्दै नेता साहले सम्पूर्ण जिल्ला बासी तथा मधेशी समुदायलाई संयम्ता अपनाउन आग्रह गरेका छन् । साथै नेता साहले भोलिको दिनमा दुर्भाग्यबस सामाजिक सदभाव बिग्रे सो घटनाको जिम्मेवार एमाले नेता माधव नेपाल, रामकुमार भट्टराई, वंशीधर मिश्र र लालबाबु साह हुने चेतावनी समेत दिएका छन् ।




Madhesi Self Hate, Indian Self Hate: One And The Same http://demrepubnepal.blogspot.com/2015/10/madhesi-self-hate-indian-self-hate-one.html