हुलाकी न्युज–काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार बिहान २ बजेर ४ मिनेटमा काठमाडौंको नयाँ बसपार्कबाट उत्तरतिर केन्द्रबिन्दु भएर ३।७ रेक्टर स्केलको पराकम्पन गएको हो । १२ वैशाख , २०७२ को विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम रोकिएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, यो नयाँ भूकम्प नभएर गोरखा भूकम्पको पराकम्पन हो ।
गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ४८७ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ ।
चार रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् । चार रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने गरेको भट्टराईले बताए ।