
हुलाकी न्यूज, जनकपुरधाम । दशैको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा हुने गरेको रावण बध यस पटक राम मन्दिरका महन्थ राम गिरी बाबाले गर्ने भएको छ ।
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले गर्ने भने पनि आयोजकले राजनीतिक व्यक्ति उपयुक्त नहुने भन्दै मन्थबाट नै रावण बध गराउने भएको छ ।
महाबीर युवा कमिटीका उपाध्यक्ष दिलिप साहका अनुसार कमिटीले महन्थ गिरीबाट नै रावण बध गराउने निर्णय गरेको छ ।
निधिको नामले कार्डसमेत छापेर बितरण भएको छ । स्थानीयबासीहरूले बिरोध गरेपछि निधिलाई हटाएर महन्थ मार्फत रावण बध हुन लागेको हो ।
राजनीतिक ब्यक्तिलाई प्रमुख अतिथि बनाउंदा बिबाद हुने गरेकोले मन्दिरका महन्थलाई नै प्रमुख अतिथि बनाउन कार्य समितिका एघार जना मध्ये नौ जनाले निर्णय गरेका छन् । तर दुई जना मात्र निधिलाई प्रमुख अतिथि बनाउने पक्षमा छन ।



