हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधामका नवनिर्वाचित मेयर लालकिशोर साहले जीर्ण जनकपुरधामलाई हराभरा बनाउने बचन दिएका छन् ।
सपथ ग्रहण समारोहमा बोल्दै मेयर साहले जनकपुरधाम आफैमा एतिहासिक भूमि भएको तर व्यवस्थित सहरीकरण नहुँदा जीर्ण देखिएको बताउँदै सहरलाई व्यवस्थित बनाउने बचन दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सोमबार जनकपुरधाममा आयोजित शपथ ग्रहण समारोहमा बोल्दै उनले जनकपुरधामको गरिमालाई जोगाइराख्ने कार्यमा सबैको सहयोगको आवश्यक रहेको बताए । आफु सबैको सहयोगका साथ अगाडि बढ्ने विश्वास पनि मेयर साहले दिए ।
निर्वाचनका क्रममा दलहरूबीच प्रतिस्पर्धा रहेकामा अब त्यस्तो प्रतिस्पर्धा सकारात्मक कामका लागि हुनुपर्ने उनले धारणा राखे । सबै दललाई मिलेर काम गर्न आग्रहसमेत गरे ।
उपमेयर रीता झाले जनकपुरको सट्टा जनकपुरधाम प्रचलनमा ल्याउन र धार्मिक वातावरण निर्माण गर्न सबै पक्षको सहयोग जरुरी रहेको बताए ।