पुरण साह, जनकपुरधाम १५ आश्विन । जनकपुरको दूधमती पुल नजिकैबाट स्थानीयले नियन्त्रणमा लिएको ८ वटा शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाईएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेकपा माओवादीका संयोजक मातृका यादबले बरामद गरिएको शवको पहिचान गराउन अडान राखेपछि शव जनकपुर अञ्चल अस्पताल पठाईएको छ ।

धनुषा प्रहरीले भने गएराति पत्रकार सम्मेलनको आयोजना गरी भाद्र २९ गतेदेखि असोज १२ गतेसम्म बेवारिसे अवस्थामा फेला परेको ६ जनाको शव रहेको दाबी गरेको छ । बिहिबार तीन जनाको शव मात्रै लगिएको थियो । अन्य तीनजनाको शव बुधबार गाडेको प्रहरी समक्ष जनकपुर उपमहानगरपालिकाले जनाएको छ ।

यद्दपी शव गाड्न लगिएको स्थलबाट ८ जनाको शव आएको अस्पतालले जनाएको छ । केही दिन अगाडी मृत्यु भएको ती शवको उत्खनन पश्चात् अझै शव गाडिएको हुनसक्ने सर्वसधारणको आशंका छ ।

राष्ट्रिय मानव अधिकार आयोगसहित अन्य संघ संस्थाले घटना सम्बन्धमा चासो लिएपछि शव पहिचानको लागि अञ्चल अस्पताल जनकपुर लगिएको हो । यता जनकपुर उपमहानगरपालिका कार्यकारी अधिकृत पुण्य प्रसाद लुइटेल कानुन र नियम अनुसारनै त्याहा पहिलादेखि नै शव गाडने कार्य हुदै आएको हुलाकी न्यूजलाई बताएका छन् ।

प्रहरीले मात्र ६ जनाको शव रहेको तर घटनास्थलवाट स्थानीयले ८ जनाको शव अस्पताल पु¥याएपछि वाँकी दुईजनाको शव कहाँबाट आयो भन्ने प्रश्नको जवाफमा धनुषाका प्रहरी उपरिक्षक गणेश बहादुर थापाले वाँकी शव पुरानो हुन सक्ने बताए पछि सर्वसधारणले र मोर्चा तथा मातृकाले पहिचान र अनुसन्धान पछि मात्र शव गाड्न पाइने बताएका छन् ।

यी आठ वटा शब बाहेक त्यस ठाउँमा अन्य धेरै कंकालहरु रहेको छ । पहिचान गर्न मिल्ने र सरिरको सबै भाग जोडिएका लासहरु मात्र अस्पताल ल्याइएको छ ।

UPDATE जनकपुरमा एक दर्जनभन्दा बढी लास भेटियो, ३५ वटा हुन सक्ने(तस्बिरसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.