हुलाकी न्युज, सिरहा | स्थनीय तहको निर्वाचन प्रदेश नम्बर २ को मतगणना जारिरहेको बेला सिरहामा मतगणनाको सूचना संकलन गर्न प्रहरीले पत्रकारहरुलाई रोक लगाइएको छ |
सिरहा नगरपालिकाको मतगणना स्थलमा हुलाकी न्युजका सिरहा सम्वादातालाई सूचना संकलन गर्न जादा प्रहरीले रोकेको हो । मुख्य द्वारमा रहेका असई जे.वि गिरिले पत्रकारहरुलाई मतगणना स्थलमा जानबाट रोक्ने आदेश रहेको भन्दै प्रबेश निषेध गरे ।
असई गिरीसंग कुराकानी गर्दामाथिबाट आदेश आएकोले कसैलाई पनि भित्र प्रवेश गर्न नदिने बताए |
कसले आदेश दिएको छ? नाम भन्नुस् भन्द माथीको आदेश भन्दै पंछिए ।