हुलाकी न्यूज, रौतहट, चन्द्रनिगाहपुर, १५ आश्विन । रौतहटको चन्द्रनिगाहपुरमा आज मधेशी–थारुले संयुक्तरुपमा प्रदर्शन गर्दा गैरमधेशी समुदायका व्यक्तिहरुबाट ढुँगामुढा हुनुका साथै झडपसमेत भएको छ ।

सदभावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार आज चन्द्रनिगाहपुर नजिकैको गाउँहरुबाट थारुहरु तथा गौरबाट आएका मधेशीहरुले प्रदर्शन गर्दै थिए ।

यादवले भने, ‘प्रदर्शनकारीहरु पूर्वपश्चिम राजमार्गमा पुग्दा अचानक गैरमधेशी समुदायका युवाहरुले  ढुँगामुढा गरेका थिए । प्रहरीहरुले पनि प्रदर्शनकारीमाथि लाठी चार्ज गरे । प्रहरीले फाईरिङ्ग पनि गरे । प्रहरीको गोली लागि भाग्यनारायण महतो घाइते भएका छन् ।’
यादवका अनुसार घाइते महतोको डुमरी भन्ने ठाउँमा उपचार हुँदैछ भने अहिले पनि केही स्थानमा झडप हुँदैछ ।

स्थानीय पत्रकारहरुले दिएको जानकारीअनुसार हिजो एमालेका नेता माधव नेपाललाई गौर जान नदिइएपछि उनले चन्द्रनिगाहपुरमा चर्को भाषण गरेका थिए ।

नेता नेपालले आन्दोलनको प्रतिकारमा उत्रिन गैरमधेशी समुदायलाई आग्रह गरेका थिए ।

स्थानीय पत्रकारहरुले दिएको जानकारीअनुसार चपुरबाट अहिले मधेशी–थारु नेताहरु भागेका छन् । चपुरभित्रै पुनः झड्प बढ्न सक्नेछ ।

Chpur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.