हुलाकी न्यूज, न्यूर्योक (अमेरिका) । विश्वका विभिन्न देशमा रहेका मधेशीसँग सम्बन्धीत संघ–संस्थाहरु एकीकृत हुँदैछन् । विभिन्न देशमा रहेका मधेशीहरुको आर्थिक एवं समाजिक अवस्था बारे पनि अध्ययन हुनेछ ।
विगत चार महिनाको प्रयास पछि विभिन्न देशमा रहेका १३ वटा मधेशीसँग सम्बन्धीत संस्थाहरु एकत्रृत भएका छन् । इन्द्रधनुसी आकारमा मधेशको विकासका लागि उक्त संस्थाहरु एकीकृत हुन लागेको हो ।
हालसम्म उक्त समूहमा डीएफडब्लु मधेशी समाज अमेरिका, एशोसिएशन अफ तराइयन इन अमेरिका (एन्टा), एशोसिएशन अफ तराइयन इन अस्ट्रेलिया, मधेशी कम्युनिटी इन भिक्टोरिया, एशोसिएशन अफ नेपाली मधेशीज इन युके(अमुक) रहेका छन् ।
त्यसैगरी, मधेशी युथ अमेरिका, युनाइटेड मधेशी अफ नेपाल दिल्ली, अस्टायन मधेशी समाज अमेरिका, युरोपियन मधेशी सोसाइटी युके, नेपाल मधेशी कोरिया समाज काउथ कोरिया, हेल्प मधेशी कतार, गैर आवासीय मधेशी संघ (एनआरएमए) र मधेश मानव अधिकार मधुर रहेका छन् ।
यसैगरी मधेशी एशोसिएशन इन अमेरिका (मा)ले छलफलका लागी आवश्यक समय माग गरेको छ ।
एक तथ्यांक अनुसार विश्वका विभिन्न देशमा करिब २० लाख मधेशी बसोबास गर्दै आएका छन् । उनीहरुको विकास तथा मधेशको हितमा संस्थाहरु एकीकृत हुन लागेका हुन् । संयुक्त रुपमा हुन लागेको उक्त सर्वेक्षणबाट मधेशका बारे ठोस रणनीति तयार पार्न सकिने जनाइएको छ ।
सर्वेक्षणको फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।