
हुलाकी न्यूज, जनकपुरधाम । दुई नम्बर प्रदेशको स्थानीय निकाय निर्वाचनको कुल २८ स्थानको मतपरिणाम आउँदा मधेशवादी दल नै अगाडि देखिएको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम १० पालिकामा विजय भएको छ । ३० स्थानमा अग्रता कायम रहेको छ ।
दुई नम्बर प्रदेशको मुख्य केन्द्र मानिएको बीरगञ्ज माहानगरपालिकामा राजपा झिनेमतान्तरले अगाडि देखिएको छ भने जनकपुर उपमहानगरपालिकामा फराकिलो मतान्तरले राजपा अगाडि छ । गौर नगरपालिकामा पनि राजपा अगाडि रहेको छ ।
विहीबार अबेर साँझसम्मको परिणाम अनुसार
राजपाले जितेका स्थानहरु
१ हंशपुर नगरपालिका, धनुषा
२ कौडेना गाउँपालिका, सर्लाही
३ देवताल गाउपालिका, बारा
४ डाकनेश्वरी नगरपालिका, सप्तरी
५ महोत्तरी गाउँपालिका, महोत्तरी
संघीय समाजवादी फोरम नेपालले जितेका स्थानहरु
१ विष्णुपुर गाउँपालिका,सिराहा
२ भगवानपुर गाउँपालिका, सिराह
३ पर्सा गाउँपालिका, सर्लाही
नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानहरु
१ इशानाथ नगरपालिका, रौतहट
२ बिष्णु गाउँपालिका, सर्लाही



