हुलाकी न्यूज, जनकपुर । जनकपुर उपमहानगरपालिकामा नेपाली काँगे्रसले एउटा वडामा खाता खोलेको छ ।
काँगे्रसका वडा नंं.५ का उम्मेदवार मनोज साह प्यानल सहित बिजयी भएका छन् । उनले १७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी राजपका उम्मेदवारले १४० मत प्राप्त गरेका छन् ।
त्यस्तै अहिलेसम्मको मतपरिणाम अनुसार राजपाका उम्मेदवारले मेयरमा ५०४६, नेपाली काँगे्रसका उम्मेदवारको १७४० एमालेका उम्मेदवारको ५०५ र माओवादी केन्द्रको १७९ मत रहेको छ । उपमेयरमा राजपाको ३०४० नेपाली काँगे्रसका १५६९ र एमालेको ५१६ रहेको छ ।

हेर्नुस् अहिलेसम्मको मतपरिणाम अनुसार जनकपुर उपमहानगरका वडाहरुमा को–को विजयी भए

वडा नम्बर १ मा राजपा – जीत (शत्रुधन साह)
वडा नम्बर २ मा स्वतंत्र – जीत (शिवकुमार साह)
वडा नम्बर ३ मा राजपा – जीत (दिपेन्द्र साह)
वडा नम्बर ४ मा राजपा – अग्रता (सुदर्शन सिंह)
वडा नम्बर ५ मा कांग्रेस – जीत (मनोज साह)
वडा नम्बर ६ मा राजपा – अग्रता (जगरनाथ साह)
वडा नम्बर ७ मा राजपा – अग्रता (जानकीराम साह)
वडा नम्बर ८ मा राजपा – अग्रता (रमेश ठाकुर)
वडा नम्बर ९ मा कांग्रेस – अग्रता (परमेश्वर साह)
वडा नम्बर १० मा कांग्रेस – अग्रता (मिथिलेशलाल कर्ण)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.