
हुलाकी न्यूज, जनकपुर । तेस्रो चरणको स्थानीय निकायको निर्वाचनको पहिलो परिनाम अनुसार राष्ट्रिय जनता पार्टी नेपालले पहिलो जित हासिल गरेको छ ।
राजपाले धनुषा जिल्लाको हंसपुर नगरपालिकाको मेयर तथा उपमेयरम जितेको छ । मेयरमा राजपाका रामज्ञान मंडलले 33 सय 20 मत ल्याएका छन् भने कांग्रेसले जम्मा 32 सय 29 मत ल्याएको छ ।
उपमेयरमा राजपाकी रेणु झाले 32 सय 76 मत ल्याएकी छन् भने कांग्रेसले 30 सय 26 मत ल्याएको छ ।
राजपाले तीनवटा वाडसमेत जितेको छ ।



