हुलाकी न्युज, सिरहा । तेस्रो चरणको निर्बाचन अन्तर्गत सिरहामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । निर्वाचन कार्यालय सिरहाको अनुसार १७ स्थानीय तहमा जिल्लाको ८ नगरपालिका र ९ गाउँपालीकामा रहेको ३ लाख ३२ हजार ८ सय ९५ मतदाता मध्ये ७७.३९ प्रतिशत जम्मा मत खसेकोको सिरहाका प्रमुख निर्वाचन अधिकृत अमृत वहादुर बस्नेतले जानकारी दिएका छन् ।

सिरहा जिल्लाको ४ सय ३१ मतदानस्थलमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रमुख बस्नेतले बताएका छन् । उहाँको अनुसार सिरहा नगरपालिका १३ मा समान्य विवाद भए पनि सवै दलको पहलमा पुनः मतदान कार्य सुरु भएको थियो । सिरहा नगरपालिकाको २२ ओटै वडामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । जिल्लाको हरेक ठाँउमा शान्तिपूर्ण रुपमा नै मतदान भएको छ ।

सवै मतदानस्थलको मतपेटिका सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसकेको दलिय प्रतिनिधिसँगको छलफल पछि मतगणणा सुरु गरिने प्रमख बस्नेतले जानकारी दिए । जिल्लाको १७ स्थानीय निकायको एक सय ६४ वडाको ४ हजार ६ सय ५५ उम्मेदवार निर्वाचन प्रतिस्पर्धा गरिरहेका छन् ।

४ सय १७ सबारी साधन नियन्त्रणमा

स्थानीय तहका निर्वाचनका दिन जिल्ला निर्वाचन कार्यालयसँग इजाजत नलिई चलाएका भन्दै ४ सय भन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । बिना इजाजतको सबारी साधन चलाएको जिल्लाका बिभिन्न स्थानबाट ४ सय १७ बटा सबारी सधान नियन्त्रणमा लिई मतदान सकेपछि छोडिएको प्रमुख निर्बाचन अधिकृत बस्नेतले बताए ।

फर्जी मत खसाल्न खोज्ने १८ जना पक्राउ

फर्जि मत खसाल्न खोज्ने र निर्बाचन आचारसंहिता बिपरित काम गरेको भन्दै १८ जनालाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय सिरहका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिएको छ । सिरहामा छिटफुट बाहेक सवै मतदान स्थलमा ७ वजे मतदन सुरु भएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.