हुलाकी न्यूज, काठमाडौं । एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायिका तथा उद्घोषिका मञ्जु पौडेलको दसैँ विशेष गीत आयो दशैं सार्वजनिक भएको छ ।

कला संस्कृतिलाई जगेर्ना गर्दै एक पछि अर्को मौलिक गीतलाई फरक शैलीमा बजारमा पस्किन माहिर मञ्जु पौडेलले यो गीतमा पनि निकै मेहनत गरेको बताउँछिन । हिन्दुहरूको महापर्व बडा दसैँको अवसरमा नेपाल र विदेशमा बस्ने नेपालीहरूलाई फरक मनोरञ्जन प्रदान गर्न गीत सङ्गीतको भिडमा यो फरक तर मौलिक गीत बनाएको बताइएको छ ।

एमएस म्युजिकले बजारमा ल्याएको यो गीतमा मञ्जु पौडेल र लोकनाथ सापकोटाले स्वरबद्द गरेका छन् भने लोकनाथ सापकोटाले नै सङ्गीत भरेका छन् । गायक गायिका आफै अभिनय गरेको उक्त गीतको भिडियो पनि अत्यन्त रमाइलो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.