
हुलाकी न्यूज, जनकपुरधाम । स्थानीय निकायको तेस्रो चरणको निर्वाचनको अघिल्लो दिनसम्म मधेशका आठ जिल्लाको अधिकांश राष्ट्रिय जनता पार्टी (राजपा)को पक्षमा माहोल रहेको देखिएको छ ।
दुई नम्बर प्रदेशको १ सय २६ स्थानीय निकायमध्ये एक १४ भन्दा बढी स्थानीय निकायमा राजपाले उम्मेदबार खडा गरेका छन् । जसमध्ये अधिकांश स्थानमा राजपाको पक्षमा माहोल रहेको राजपाका प्रवक्ता संतोष मेहताले बताएका छन् ।
मेहताका अनुसार मधेशवादी ६ वटा दल एकीकृत भएपछि मधेशीहरुमा सकारात्मक प्रभाव परेकोले छ । मेहताले सबै मधेशीको साँझा उम्मेदबार साइकल छाप रहेको दाबी गरे ।
मेहताले आजसम्मको सर्वेक्षण अनुसार आफुहरुले ५० देखि ६५ स्थान जित्ने वातावरण बनेको बताए ।



