हुलाकी न्यूज, जनकपुरधाम, १५ आश्विन । बिहिबार जनकपुरधाममा भेटिएका शंकास्पद शवहरुको बारेमा छानबीन गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आबद्ध दलका नेताहरुले माग गरेका छन् ।

मोर्चा आबद्ध दलका नेताहरुले विज्ञप्ति जारी गर्दै ती शवहरु कसका हुन् र कहाँबाट जनकपुरमा आए भन्ने बारेमा स्वतन्त्र छानबीन गर्न माग गरेका हुन् ।

जनपुर प्रहरीले ती शवहरु बेवारिसे रहेको भनेर दिएको स्पष्टिकरणमा आपत्ति जनाउँदै मोर्चाका नेताहरुले वेवारिसे शवको मुचुल्का, फोटो र विस्तृत विवरण खुलाउन पनि माग गरेका छन् ।

आन्दोलनको समयमा ठूलो संख्यामा मानव शव र कंकाल भेटिनुले घटना शंकास्पद भएको भन्दै उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउन र प्रहरी दोषी देखिएको खण्डमा कारवाही गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग माग गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.