हुलाकी न्यूज, कलैया ।
संविधान संशोधन निर्णयार्थ पेस हुँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नेहरुले नै मतदान गरेका थिएनन् । अर्थात कांग्रेस सभापति देउवाले प्रधानमन्त्री हुँदा पाएको मत भन्दा पनि कम मत परेको थियो ।

तर चुनावी प्रचारमा हिडेका देउवाले संविधान संशोधनको मुख्य दोषी एमालेलाई चित्रण गर्दैछ ।

कांग्रेसको भोट बैंक कायम राख्न प्रधानमन्त्री देउवाले कांग्रेसको कमजोरी लुकाउँदैछन् । शुक्रबार बारामा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताए ।

बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरिँदै उहाँले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे ।

देउवाले एमाले पाटी मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरे ।

पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन सक्दैन्, उनले भने– “ एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्दछ ।”

सभापति देउवाले काँग्रेस मधेसको भूमिबाट जन्मेको पार्टी भएकाले तराई– मधेसको रक्षा गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताउँदै काँग्रेसले अन्तिम समयसम्म मधेसको अधिकारका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.