हुलाकी न्यूज, जलेश्वर। महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ ।
नेपाली काँग्रेसबाट मनरा सिश्वानगरपालिकाका वडा नं. ८ मा दलितबाट उम्मेदवारी दिनुभएकी संजोगिया देवी निर्विरोध भएकी हुन् ।

मनरा सिस्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बाँनियाले मनरा सिस्वा नगरपालिकाको वडानं. ८ को दलित सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी दिनुभयो । निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिले सम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिनुहुदै सबै जनालाई मतगणना पश्चात प्रमाणपत्र दिने बताउनुभयो ।

महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताउनुभयो । उहाँले अहिले को को निर्विरोध भयो भन्नन सकिने जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.