
किशोर गुरु ,जनकपुरधाम। असोज २ गते प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको चुनावमा बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरमा चुनावी सभाको संवोधन गरेका छन् ।
प्रधानमन्त्रीको जनकपुरमा चुनावी सभामा आचारसंहिता विपरित नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले मोटरसाइकल ¥याली, रुख छाप भएको झण्डा, ब्यानर, भेष्ट, टोपी र गम्छा समेत प्रयोग गरि कार्यक्रममा सहभागि भएका छन् ।
जनकपुरको रा.रा.ब. क्याम्पसको अगाडी नेपाली काँग्रेसको चुनावी सभामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसले जनकपुरमा आयोजना गरेको चुनावी सभाको सम्बोधन गर्दै मधेशको हरेक समस्यालाई काँग्रेसले नै समाधान गरेर मधेशी जनताको पक्षमा रहेको बताएका छन् । काँग्रेस संविधान संशोधनको पक्षमा रहेकोले पार्टीसँग स्पष्ट बहुमत नहँुदा संविधान संशोधन हुन नसकेको प्रधानमन्त्री देउवाले बताउनु भयो ।
एमाले अक्ष्यक्ष केपी ओलीलाई पटक पटक आग्रह गर्दा समेत विपक्षमा उभिदा मधेशको समस्या समाधान हुन नसकेको प्रधानमन्त्री देउवाले बताएका थिए । एमाले मधेश विरोधी र विखण्डनकारी शक्ति भएकाले जनताले अव चुनावबाटै पाखा लगाउने देउवाले बताउनु भयो । नेपाल भारत मिलेर मात्र डुवानको समस्या समाधान गरिने बताए ।
उक्त कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेलले गणतन्त्र र संघियता विरोधी पार्टी एमाले रहेको बताए ।
कार्यक्रममा काँग्रेसका महामन्त्री सशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, आनन्द ढुङगाना, पुर्व गृहमन्त्री विमलेन्द्र निधि, कृषिमन्त्री रामकृष्ण यादव, खानेपानी मन्त्री महेन्द्र यादव लगायतले चनावी सभालाई सम्बोधन गरेका थिए ।



