हुलाकी न्यूज, वीरगंज, १५ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाकाबन्दी गरेको सात दिन बितिसकेको छ । यस क्रममा भारतसँग सीमा जोडिएका नाकाहरुमा धर्ना दिन जाने स्थानीयको संख्या बढ्दै गएको छ ।

वीरगंज नाकामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफै मोर्चाको नेतृत्व सम्हाल्न थालेपछि आन्दोलनतर्फ स्थानीयको झुकाव निकै बढेको छ । अध्यक्ष महतो बिहानदेखि रातिसम्म वीरगंज नाकामै हुन्छन् । उनलाई साथ दिन्छन् मोर्चाका स्थानीय प्रतिनिधिहरु ।
मोर्चाआबद्ध चार दलका नेताहरु प्रदिप यादव, निजामुद्दिन समानी, शशि कपुर मियाँ लगायतका नेताहरु महतोसँगै चौबीसै घण्टा नाकामा धर्नामा बस्दछन् । जसले गर्दा नाकाबन्दी सुरु भएकै दिनबाट वीरगंज नाका पूर्णतया ठप्प छ ।

 

birgunj-naka-ma-pradarsankari3

birgunj-naka-ma-pradarsankari4

birgunj-naka-ma-pradarsankari2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.