हुलाकी न्यूज, जनकपुरधाम । बाढी प्रभावित मधेशका जिल्लाहरुमा कोसिश फाउण्डेशनले राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । बाढी पछि प्रभावित अधिकांश जिल्लाहरुमा कोसिशले शिविर सञ्चालन गर्दै आएको छ ।
धनुषा जिल्लाको धनुषाधाम र सर्लाहीको सुन्दरपुरमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार दुबै स्थानमा स्वास्थ्य शिविर सञ्चालन भएको कोसिशका सुभाष गुप्ताले जानकारी दिएका छन् ।

कोशिस फाउण्डेशन तथा रोट्रेक्ट रोटरेक्ट क्लबको नेतृत्वमा सर्लाहीको सुन्दरपुर नगरपालिकामा निःशुल्क स्वास्थय सिविर तथा राहत वितरणका गरिएको गुप्ताले बताए । उक्त नगरपालिकाको पाँच सय परिवारले उपचार पाएका थिए भने ४५ विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

फाउण्डेशनलाई राहत वितरण तथा स्वास्थ्य शिविर कार्यक्रमका लागि रोटरेक्ट क्लब (किस्ट मेडिकल मेडिकल कलेज), मधेशी डाक्टर एसोसियसन, रोटरेक्ट क्लब, एशियन फर्मासिटिक्लस, सिद्धार्थ फर्मासिटिकलस, पीभीपी नेपाल र पहल नेपाललगयातका संस्थाहरुले सहयोग गरेका छन् ।

यता धनुषाधाममा भएको स्वास्थ्य शिविरमा ७ सय ५० जनाले निःशुल्क उपचार पाएका छन् । कोसिश फाउण्डेशनका डा.रामज्ञान यादवका अनुसार स्वास्थ्य शिविरसहित त्यहाँका दलित परिवारलाई २ सय ७६ वटा झुल र मैटरेस प्रदान गरिएको छ । उक्त कार्यक्रमका लागि जेएमसी, संरक्षित बन धनुषाधाम, सेभ हिस्टोरिकल जनकपुरलगायतले सहयोग गरेका छन् ।

त्यसैगरी हुलाकी हेल्प सेन्टमार्फत सञ्चालन हुँदै आएको स्वास्थ्य शिविरहरुमा कोसिश फाउण्डेशन सांझेदार संस्थाका रुपमा काम गर्दै आएको छ । गैर आवासीय मधेशी संघ (एनआरएमए) र हुलाकी न्यूजको आयोजनामा हालसम्म दशवटा स्वास्थ्य शिविर भइसकेको छ भने अझै शिविरहरु सञ्चालनको तयारीमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.