
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आगामी प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएको छ ।
राजपाका प्रवक्ता संतोष मेहता नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा दल दर्ता गराएको हो । प्रवक्ता मेहताले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सातवटै प्रदेशमा राजपाले उम्मेदबारी दिने हुलाकी न्यूजलाई बताए ।



