हुलाकी न्यूज, जनकपुरधाम । जनकपुर उपमहानगरपालिका लागि राजपाबाट मेयर पदका लािग उम्मेदवारी दिएका लाल किशोर साहले मधेशी जनताको हक अधिकारका लागि राजपाको बाहेकको विकल्प नरहेको भन्दै घरदैलो कार्यक्रम गर्दै मत माग्न यतिबेला व्यस्त छन् ।

घरदैलो कार्यक्रम अन्र्तगत जनकपुर उपमाहानगरपालिका वार्ड नं २४ को वसहिया टोलमा सम्वोधन गर्दै उनले भने,‘जहाँ एका तिर संविधान जारी गरेर दिपावली मनाइदै थियो भने अर्को तिर मधेशमा हत्या हिंसाबाट मधेश त्राहि त्राहिमा रहेको थियो यस कुरालाई मधेशी जनताले मनन गर्नुपर्ने र राजपालाई भारी बहुमतका साथ जिताउनुपर्ने वताए ।’

कार्यक्रममा राजपा नेपालको तर्फबाट जनकपुर उप–माहानगरपालिकाको उपमेयर पदकी उम्मेदवार रिता झाले मधेशी शहिदहरुको सपनालाई पुरा गर्न स्थानीय तहबाट आफुहरु आन्दोलनकै रुपमा निर्वाचनमा सहभागि भएको बताउदै मधेशीको अधिकार सुनिश्चितका लागि राजपा नेपाल का सम्पुर्ण नेताहरुलाई जिताउनुपर्ने वताइन ।

राजपा नेपालले जनकपुरका विभिन्न वार्डहरुमा दैनिक रुप्मा घरदैलौ अभियानलाई तिव्र वनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.