
हुलाकी न्यूज, जनकपुरधाम । हिन्दुहरुको धार्मिक केन्द्रको रुपमा रहेको जनकपुरलाई आधुनिक जनकपुर बनाउन पत्रकार उमेश साहले जनकपुर उपमहानगरपालिकामा मेयर पदका लागि उम्मेदवारी दिएका छन् ।
करिब दुई दर्शकदेखि जनकपुरलाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्दै आएका नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष साह स्थानीय तहको जनप्रतिनिधीका लागि उम्मेदवारी दिएका हुन् । नेपाल पत्रकार महासंघ धनुषा शाखाका पुर्व अध्यक्ष तथा नेपाल टेलिभजनमा लामो सम्म काम गरेका पत्रकारसाह नयाँ शक्ति पार्टी नेपालबाट जनकपुर उमहागरपालिकाको मेयरमा उम्मेदवारी दिएका हुन् ।
सञ्चारकर्मीको हैसियतले जनकपुरको वेथितबारे धेरै लेखे उनले भने,‘तर त्यसले समयमा जनताको समस्या सम्बोधन हन सकिरहेको छैन,त्यसकारण कमललाई विराम दिएर कार्यान्वय गर्ने व्यक्ति बन्नुपर्छ भन्ने उम्मेदवारी दिएको हु।’ धार्मिक, सास्कृति तथा ऐतिहासिक नगर जनकपुरलाई जुन रुपमा विकास गर्नुपर्ने त्यो हिसावले यहाँको नेतृत्वहरुले गर्न सकेन उनले भने,‘जनकपुरलाई सुविधा सम्पन्न शहरको रुपमा विकास गर्न नेतृत्व परिवर्तन आवश्यक छ ।’ पत्रकारले कमल मात्र होईन जनताको काम पनि उत्कृष्ट हिसावले गर्न सक्छ भन्ने उदाहरणिय कार्य गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले बताए ।
पत्रकार साह उम्मेदवारी दिनुअघि नेपाल पत्रकार महासंघको सदस्यबाट राजिनामा समेत दिए ।

त्यस्तै, पत्रकार संजिव मण्डल नेकपा माओवादी केन्द्रको तर्फबाट विदेह नगरपालिकाको वडाअध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।पत्रकार मण्डल गाउँमा देखिएको विभिन्न समस्यालाई सम्बोधन गर्न आफुले उम्मेदवारी दिएको बताए । उनले भने,‘नेताहरुले कुरा गर्न मात्र जानेका छन्,उनीहरु जनताको कामभन्दा आफ्ना स्वार्थका निम्त बढी केन्द्रित जुन परिपाटी छ त्यसलाई भत्काउन मेरो उम्मेदवारी हो ।’ आफ्नो उम्मेदवारीले स्थानीय जनता उत्साहित रहेको उनले दावी गरे ।
यस अघि मण्डल स्थानीय एक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत भईसकेको छन् ।



