हुलाकी न्यूज, सिरहा । विभिन्न राजनीतिक दलले निर्वाचन आचार संहित विपरीत प्रयोग गरेका प्रचारप्रसारका सामाग्रीहरु हटाउन सुरुभएको छ ।

असोज २ गते हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरुले आचारसंहिता विपरीत व्यापक प्रचारप्रसार गर्न थालेपछि स्थानीय प्रशासनले हटाउने काम सुरु गरेको छ । सदरमुकाम सिरहालगायत पूर्वपश्चिम राजमार्ग छेउछाउमा रहेका ब्यानर तथा प्रचार समाग्री प्रशासनले आइतबार साँझदेखि हटाउन सुरु गरेको छ ।

 

 

सिरहामा भएको सर्बदलीय बैठकमा निर्वाचन आचारसंहिता बिपरीत सार्वजनिक स्थलमा राखिएको चुनाव प्रचार प्रसार सामाग्री, डिजे लगायतका हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगको निर्देशन पछि सदरमुकाम सिरहालगायत बन्दीपुरदेखि लहानसम्म राजमार्ग र सहायक सडक छेउछाउको सार्वजनिक स्थलमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले राखेको चुनाव चिन्ह अंकित झन्डा, ब्यानर, पम्पलेटलगायतका सामग्री हटाउन थालिएको सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बताएका छन् ।

सिरहामा भएको सर्बदलीय बैठकमा निर्वाचनमा केन्द्रीत राजनीतिक दलहरुले चुनावमा बालबालिका, टिसट र ब्यानरको प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

तेस्रो चरणको चुनाव नजिकिदै जादा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले प्रचारप्रसार व्यापक बढाए पछि झन्डा ब्यानर लगायतका सामग्रीले सदरमुकाम सिरहा लगायत जिल्लाको विभिन्न ठाउमा भरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.