हुलाकी न्यूज, काठमाडौं । भोलीबाट राष्ट्रिय नाचघर जमलमा सामाजिक यथार्थमा आधारीत नाटक जूनकिरी लाग्ने भएको छ । नाटकमा नानी थापाको एक लेखन, निर्देशन र प्रस्तुती रहेको छ । हरेक दिन नाटक २ शो लाग्ने छ । दिउँसो सवा २ बजे पहिलो र ५ बजे दोस्रो शो लाग्ने थापाले ईदैनिकपोस्टलाई बताइन् । नाटकको प्रदर्शन भदौ ३१ गतेसम्म हुनेछ । त्यस्तै, असोज २ र ४ गते पनि नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

यसअघि नै पमञ्चन भएर दर्शकको वाहवाही बटुलिसकेको नाटक यसपटक सामाजिक सेवाका लागि आयोजना गरिएको हो । सिन्धुपाल्चोकको साँगाचोकगढीमा भूकम्पबाट भत्किएको माझी गाउँको निर्माणको सहयोगार्थ नाटक पुनमञ्चन गर्न लागिएको हो । टिकटको शुल्क विशिष्ट श्रेणीका लागि ५ सय र साधारणमा २ सय राखिएको छ । ५० हजारमा पुरै शो बुक गर्न सकिने थापाले जनाएका छन् ।

यसअघि सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन तथा मानवसेवा आश्रमको साधिका समेत रहेकी थापाले अशक्त, अनाथ, अपाङ, असाहय एंव मनोरोगी भई सडकका पेटीहरू एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षी मानवहरूको उद्दार, औषधोपचार, पारिवारिक पुन स्मिलनको सेवामा जुट्दै आईरहेको मानवसेवा आश्रमको सेवा कार्यमा आर्थिक सहयोग जुटाउन हेटौंडामा भाद्र २३ गते नाटक मञ्चन गरिएको थियो ।

जूनकिरी के हो ?

सामाजिक यथार्थपरक नाटक जूनकिरीमा यस्की पात्र स्वयम् जूनकिरी र आकाशकी जून जो दुबै सुर्यको उज्यालोमा भन्दा पनि बरु अन्धकार रातमा बढी चम्किन्छन र अस्तित्व प्राप्त गर्दछन, उनीहरुबिचको यहि समानताहरु र केही भिन्नताहरुलाइ बिम्बको रुपमा प्रस्तुत गर्दै एउटी सामान्य गाउँकी युवती कसरी व्यवसायिक हाइ प्रोफाइल कल गर्ल हुन पुग्छे र एक दशक जीवनकालको यात्रामा उसंग जोडिएका र छुट्टिएका केही पात्रहरुको कथा पनि संगसंगै बुन्दै लैजान्छे १ एक आँटिली र बिद्रोही स्वभाबकी पात्र जूनकिरी नाटकभित्र महिला शसक्तिकरणको एउटा दरिलो संदेश बोकेर जूनकिरीले पुरै समाज, कानून, राज्य व्यवस्था र विश्व समुदायलाइ नै कडा व्यंग्य गर्दै चुनौती दिन पनि पछि हटेकी छैन भने कथाभित्र आमा बाबा र आफूले प्रेम गरेको युवकको लागि जूनकिरीको अत्यन्तै उदार प्रेम र समर्पणको भाव नाटकभित्र छताछुल्ल पोख्ने कोसिस पनि गरिएको छ ।

साहित्यमा रुचि भएकी जूनकिरीले नाटकभित्र गीत, नृत्य,कबिता लगायत हास्य, करुणा, श्रृङगार, विर, रौद्र, विभत्स, भयानक लगायत लगभग अभिनयका नौ ओटै रसहरुबाट पात्रको मनोबैज्ञानिक विचलन नाटक जूनकिरी मार्फत देखाइएको छ ।

नाटककी पात्र जूनकिरीले हाम्रै वरिपरि भैरहेको र हामीले दैनिक जीवनमा देखिरहेका, सुनिरहेका,भोगिरहेका र अनुभव गरिरहेका घटना र पात्रहरुको प्रतिनिधि भएर घटनाहरु लाई जीवन्त रुपमा रङ्ग मन्चन गर्ने भरपुर प्रयत्न गर्दछे । आधुनिक युवा पुस्ताहरुको सोच र अनेकन् भ्रमहरुलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने बिभिन्न समस्याहरुलाइ उनिहरु स्वयं, परिवार र समाजले सही ढङ्गले समाधान र सम्बोधन गर्नुपर्ने लगायत सामाजिक विभेद र बेथितीको बिरुद्धमा सॉंचिकै जूनकिरीले ज्योती छर्दै नाटक निकै शसक्त रुपमा प्रस्तुत भएको छ । अतः जुनकिरी त्यो नाटक हो जस्लाई हरेक तप्का र तहका हरेक बर्गले एकपटक हेर्नै पर्दछ ।

यस नाटक गत साल २०७३ भाद्रमा ११ शो मञ्चन गरिएको थियो जुन गुरु अशेष मल्ल प्रति गुरुदक्षिणाको स्वरुप समर्पित गरिएको थियो । सर्वोत्कृष्ट जीवन स् शाश्वत चिन्तन तथा मानवसेवा आश्रमको साधिका समेत रहनु भएकी नानी थापाले अशक्त, अनाथ, अपाङ, असाहय एंव मनोरोगी भई सडकका पेटीहरू एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षी मानवहरूको उद्दार, औषधोपचार, पारिवारिक पुन स्मिलनको सेवामा जुट्दै आईरहेको मानवसेवा आश्रमको सेवा कार्यमा टेवा पुर्याउने अभिष्टले आर्थिक सहयोग जुटाउने सामाजिक सोचले हेटौंडामा भाद्र २३ गते पुनः मञ्चन गर्न लागिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.