हुलाकी न्युज, जनकपुरधाम । असोज २ गते हुन गईरहेको आसन्न स्थानिय तह निर्वाचनको जनप्रतिनिधिको गत बुधवार
जनप्रतिनिधीको लागि धनुषामा करिव साढे ४ हजार ४ सय ४१ उम्मेदवारी परेकोमा २ मेयरसहित ४९ जनाले शुक्रवार उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले तोकिएको समय भित्र उम्मेदवारहरुले आफ्ना मनोयनपत्र फिर्ता लिएका हुन् । जनकपुर उपमहानगरपालिकामा ३ वडा अध्यक्ष ४ सदस्यले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिएका छन् ।

त्यस्तै, लक्ष्मीनिया गाँउपालिकामा १ वडा अध्यक्षसहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । लक्ष्मीनिया गाउँपालिकाका वडा नं. ५ का संघिय समाजवादी फोरम नेपालका तर्फबाट वडा अध्यक्षका उम्मेदवारका समर्थकलेनै सदस्य पदमा उम्मेदवारी दिएको पाएपछि उनको उम्मेदवारी खारेज गरिएको हो ।

त्यसैगरी विदेह नगरपालिका १ वडा सदस्य र १ वडा सदस्य,क्षीरेश्वरनाथ नगरपालिकामा १ स्वतन्त्र मेयर सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गणेशमान चारनाथ नगरपालिकामा ३ वडा अध्यक्ष सहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, धनौजी गाउँपालिकामा १, कमला नगरपालिकामा १ स्वतन्त्र मेयरसहित ६ र हंसपुर नगरपालिकामा १ जना वडा अध्यक्षले मनोयनपत्र फिर्ता लिएका छन् ।

नगराईन नगरपालिकामा १ नम्बर वडामा संघिय समाजवादी फोरम नेपालका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका संजिव कुमार साहले मनोयनपत्र फिर्ता लिएका छन् । धनुषाधाम नगरपालिकामा वडा नम्बर १ र ८ मा स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका दुई जना र मिथिला नगरपालिकामा १ उपमेयरसहित ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै, मुखियापट्टी मुसरनिया र औरही गाउँपालिकामा भने कसैले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृत नन्दकिशोर यादवले बताए । सबैला नगरपालिका, जनक नन्दनी गाउँपालिका र वटेश्वर गाउँपालिकामा उम्मेदवारी फिर्ता लिएको जानकारी आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.