हुलाकी न्युज, जनकपुरधाम । जनकपुर उपमहानगरपालिका  वडा नं. १२  कुवामा शुक्रबार  बेलुका ४ बजे तिर  मदिरा बनाउने भट्टि नष्ट गरेको छ ।  ४ भट्टीहरुमा संका लागे पछि जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी हनुमाननगरको सयुक्त प्रहरी टोलीले छापा मारी अन्दाजी  १५००/- लिटर मदिरा बनाउने कच्चा पदार्थ तथा १५० लिटर तयारि मदिरा स्थानिय तथा पत्रकारहरुको रोहबरमा  नष्ट गरिएको छ । मदिरा बनाउने व्यक्तिको  नाम अहिले सार्वजनिक गरेको छैन ।

विभिन्न साइजका ७ ओटा मदिरा बनाउने मेसीन  र मदिरा बनाउन प्रयोग गरिने भाँडाकुडा बरामद गरि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । उक्त मेसिनहरुमा १५० देखि २००लिटरका दरले कच्चा पदार्थ राखिएको तथा भट्टिहरुमा बिभिन्न साना तथा ठुला गरि मदिरा बनाउन प्रयोग गरिने २५ थान भाडाहरु समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.