
हुलाकी न्यूज, दोहा (कतार) । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को कतार शाखा विस्तार भएको छ । शुक्रबार कतारको दोहामा आयोजित एनआरएमए कतारको प्रथम अधिवेशनले ई.शम्भुनाथ साहको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ ।
एनआरएमए कतार शाखाको उपाध्यक्षमा शिव कुमार पाल, जगत लाल मण्डल, प्रदिप कुमार यादव, महासचिवमा जितेन्द्र महतो, सचिवमा दिवाकर झा, कोषध्यक्षमा सरोज साह, सहकोषाध्यक्षमा राम नन्दन गुप्ता, मिडिया कोडिनेटरमा चन्द्रबिर यादब र सहमिडिया कोर्डिनेटरमा सन्तोष बिश्वास रहेका छन् ।
सदस्यहरुमा बद्री यादब, राम सुभन यादब, ई.बिजय यादब, बिजय कुमार दास, राम जनम शर्मा, अधिक लाल यादब, बिजय कुमार दास, राम कुमार मण्डल, रघु सादा, अमिरी साह, असगर अली, अशोक कुमार गुप्ता, राकेश मैथिल, सुरेन्द्र कुमार साह, बिनय कुमार यादव रहेका छन् । त्यस्तै, नजाम खान, जय प्रकाश मधेसी, सन्जय साह, सद्दाम सेख, गौतम शर्मा, सिकेन्द्र ठाकुर, उमेश यादब, दिपेन्द्र महरा, सुरेश साह, रबिन्द्र उदाशी, मुकेश कुमार सिंह, संतोश झा, घुरन महतो, राम कुमार याद रहेका छन् ।
त्यस्तै, सहनी सुरेन्द्र धोती, आकुब राइन, राम दयाल यादव, राज देव कुमार सरदार, प्रदिप कुमार, आनन्द कुमार महरा, राम भरोश साह, राम प्रकाश दास, जिबछ माली, दिपेन्द्र महरा, बिलिक्षण राउत, रामजी कुमार यादव, लखी चन्द दास, जय कुमार पण्डित, नारायण महतो र देव नारायण रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथी जासर यादव एवम् एनआरएमए कतारका सल्लाहकार रबिकान्त लाल, ई.पदम नारायण साह र ई.सुरेन्द्र नारायण यादव दिए । उनीहरुले संगठनको उदेश्य र संगठन बिस्तार गर्ने सम्बधमा आआफ्नो सुझावसहितको शुभकामना मन्तब्य राखेका थिए । सो कार्यक्रमको संचालन रबिन्द्र उदासीले गरेका थिए ।
संगठन विस्तारका सम्बन्धमा हुलाकी न्यूजसँग बिशेष कुराकानी गर्दै एनआरएमएका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाले विश्वभरीका मधेशीहरुलाई जोड्ने अभियान अन्तर्गत कतारमा पनि एनआरएमए गठन भएको बताए । उनले कतारमा रहेका सम्पूर्ण मधेशीहरुलाई एनआरएमएमा सहभागी हुन आग्रहसमेत गरे ।
कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र हजारौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गरे ।
हालसम्म एनआरएमए ३६ वटा देशमा सक्रिय रहेको छ । गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ ।




Appreciate if anyone could provide contacts details NRMA qatar as i would like to join…