
हुलाकी न्यूज, काठमाडौ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकले संविधान बमोजिमको मधेशी आयोग सम्बन्धी विधेयक, २०७४ सर्वसम्मतिले पारित गरेको छ । लामो समयदेखि विचारधिन रहेको आयोग सम्बन्धी विधेयक शुक्रबार पारित भएको हो । यसअघि पारित गर्न बारम्बार संसदको कार्यसूचीमा राखिए पनि सांसदहरु अनुपस्थित नहुँदा विधेयक पारित हुन सकेको थिएन ।
उक्त विधेयक उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारका तर्फबाट भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै भूमिसुधार मन्त्री दहितले विधेयकमा मधेशी, जनजाति लगायतका आन्दोलनका भावना समेटिएको जानकारी गराउँदै सरोकारवालाका माग सम्बोधन भएको बताए ।
विधेयक सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरु योगेन्द्र चौधरी, कल्पना चौधरी, प्रेम सुवाल, नागेन्द्र कुमाल, पेम्बा गुरुङ बोटे लगायतले विधेयकमा थारु समुदायका पहिचान र संस्कृतिलाई समेटिनुपर्ने सुझाव दिए ।



