हुलाकी न्यूज, जनकपुरधाम १४ आश्विन । धनुषा प्रहरीले विहीबार साँझ पत्रकार सम्मेलनरी भेटिएका मध्ये ६ वटा लास बेबारिसे भएको दाबी गरेको छ । बाँकी अन्य लासहरु पुरानो रहेको जनाएको छ ।

प्रहरीले जारी गरेको अनाधिकारिक टिपोटमा ६ वटा बेबारिसे लासको बारेमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा उक्त टिपोट वितरण गरिएको छ ।

आज जनकपुरको भ्रमरपुरा चौक नजिक फोहर फाल्ने ठाँउमा करिब एक दर्जनभन्दा अधिक लास तथा लासका कंकालहरु फेला परेको छ ।
लास फाल्न लग्ने क्रममा अक्षय डोमलाई स्थानीय बासीहरुले पक्राउ गरेको थियो । डोमको रिक्साबाट तीनबटा लास फेला परेको थियो । स्थानीयले सोधपुछ गर्दा डोमले आन्दोलनको समयमा आफूले ३५ भन्दा बढी लास फालेको बताएका छन् ।

डोमले जनकपुर अञ्चल अस्पतालका डाक्टरले एउटा लास फाले बापत एक हजार रुपैयाँ बताएका छन् । डोमलाई स्थानीयबासीले प्रहरीको जिम्मा लगाएको छ ।

यता स्थानीयबासीहरुका अनुसार त्यस क्षेत्रमा अझै लासहरु फेला पर्न सक्छ । तर प्रहरी जम्मा ६ वटा लास बेबारिसे भएको दाबी गरेको छ ।

Press Release-police
प्रहरीले जारी गरेको टिपोट, जसमा प्रहरीको आधिकारिकता देखिदैन ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.