हुलाकी न्युज, महोत्तरी | महोत्तरीको रामगोपालपुर नगरपालिका स्थीत रामजानकी आधारभूत बिधालयमा शुक्रबार ‘‘सङ्घीय नेपाल समृद्धिको अधार स्तरीय शिक्षा सबैको अधिकार ’’ नाराका साथ बिश्व शिक्षा तथा साक्षारता दिवस मनाएको छ ।कार्यक्रममा नाराबाजीको साथ जेहेन्दार ,दलित र बढी उपस्थिती जनाउने बिदार्थीलाई मुख्य अतिथी आफन्त नेपाल महोतरीको संयोजक विष्णु कुमार यादवले पुरस्कार वितरण गरेका थिए ।
समान गर्ने कार्यक्रम अन्तर्गत कक्षा ५ को किरण सदा , कक्षा ४को रघनी कुमारी यादव ,अन्जली कुमारी चौधरी ,कक्षा ३ को धिरेन्द्र कुमार महतो ,सोमनी कुमारी मण्डल लाई समान गरेको बिधालयको प्र.अ. किशुन महतोले बताएको छ । कार्यक्रममा शिक्षा श्रोत व्यक्ती देवनारायण सिंह र बिधालय बेब्स्थापनको समितीका अध्यक्ष रुद्रनारायण यादबको समेत उपस्थीति रहेको प्र.अ. महतोले बताए । 




