हुलाकी न्युज, जनकपुरधाम। धनुषा जिल्लामा विभिन्न पदमा ४ हजार ४ सय ४१ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लाको एक उपमहागनरपालिका सहित १२ वटा नगरपालिकामा १ सय ७२ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् भने ६ वटा गाउँपालिकाको अध्यक्ष पदमा ६८ जनाले उम्मेदवारी दिर्ता गराएका हुन् ।

त्यस्तै उपमेयर तथा उपाध्यक्षमा १८ वटै स्थानीय तहमा १ सय ४२ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनकपुर उपमहनगरपालिकामा मेयर २० मेयरसहित ७८० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा १५, वडा अध्यक्षमा २२१, सदस्यमा २९६, महिला सदस्यमा १२३ र दलित महिला सदस्यमा १०६ जनाले उम्मेदवारी दर्ता गराएको जनाईएको छ । त्यस्तै, धनुषाधाम नगरपालिकामा १९ मेयर र ९ उपमेयर गरि ३०२ जनाले उम्मेदवारी दिएका छन् ।

नगराईन नगरपालिकामा १३ मेयर, ५ उपमेयर गरि १५५, क्षीरेश्वरनाथ नगरपालिकामा १५ मेयरसहित २४५, कमला नगरपालिकामा १६ मेयर, ९ उपमेयर गरि २ सय ८६, गाणेशमान चारनाथ नगरपालिकामा १७ मेयर, १० उपमेयर गरि ३ सय ६१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरि नगरपालिकाहरु मिथिलामा १० मेयर, ७ उपमेयर गरि २२१, मिथिला विहारीमा १७ मेयर ८ उपमेयर गरि ३०६, विदेहमा ११ मेयर, ७ उपमेयर गरि २५८, सबैलामा १६ मेयर, १० उपमेयर गरि २२७, हंसपुरमा ९ मेयर, ६ उपमेयर २२२ जनाले उम्मेदवारी दिएका हुन् । धनौजी गाउँपालिकामा ९ अध्यक्षसहित १३३ जनाले उम्मेदवार दिएका हुन । लक्ष्मीनिया गाउँपालिकामा १६ अध्यक्ष सहित २२८, मुखियापट्टी मुसरनिया गाउँपालिकामा १४ मेयर, ८ उपमेयरमा उम्मेदवारी तर्दा दिएका छन् ।

गाउँपालिकाहरु औरहीमा १० अध्यक्ष, ५ उपाध्यक्ष गरि १६५, बटेश्वरमा ९ अध्यक्ष सहित १५४ र जनकनन्दनीमा १० अध्यक्षसहित १८७ जना उम्मेदवारी दर्ता गराएको मुख्य जिल्ला निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतिले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.