हुलाकी न्युज, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाका लागि कुल ७ सय ८० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयर पदका लागि १९, उपमेयर पदका लागि १५, वडा अध्यक्षका लागि २ सय ३१ गरी विभिन्न पदका लागि कुल ७ सय ८० जना उम्मेदवारहरुले उम्मेदवारी मनोयन दर्ता गराएका हुन् ।
उपमहानगरपालिकामा मेयर पदका लागि नेपाली कांग्रेसका तर्फबाट मनोजकुमार साह, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट लालकिशोर साह, नेकपा एमालेबाट लक्ष्मीनारायण भगत, माओवादी केन्द्रबाट चन्द्रशेखर साहले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजकुमारी साह, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट रुपाकुमारी, नयाँ शक्तिबाट उमेश साह, नेपाल लोकतान्त्रिक फोरमबाट हँसराज नुनियार, संघीय समाजवादी फोरम नेपालबाट विष्णुदेव साह, नेपाली जनता दलबाट विवेक भारद्वाज, बहुजन शक्ति पार्टीबाट जीतेन्द्र दास, नेकपा मालेबाट बिमल साहले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी स्वतन्त्रबाट मेयर पदमा दीपनारायण महतो, संजयकुमार ठाकुर, दिगम्बर साह, कामेश्वर पञ्जियार, तेजनारायण यादव, दीपेश साह, बलिराम मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी जनकपुर उपमहानगरपालिकामा उपमेयर पदका लागि नेपाली कांग्रेसबाट निलमदेवी कर्ण, नेकपा एमालेबाट पुनम कुमारी मिश्र, नेकपा मालेबाट मोहम्मद कमाल, नेपाल परिवार दलबाट शीला देवी, राप्रपाबाट ईसुफ धोबी, नेपाली जनता दलबाट सीताकुमारी यादव, राप्रपा प्रजातान्त्रिकबाट सुवोध ठाकुर, नेकपा संयुक्तबाट गीताकुमारी साह, संघीय समाजवादी फोरमबाट रीताकुमारी यादव, राजपा नेपालबाट रीताकुमारी मिश्र, नेपाल लोकतान्त्रिक फोरमबाट पुनम चौधरी, माओवादी केन्द्रबाट अम्बिका कुमारीले उम्मेदवारी दर्ता मनोनयन गरेका छन् ।
त्यसैगरी स्वतन्त्रबाट राकेश विक्रम साह, आभाष लाभ, श्रवणकुमार आचार्यले समेत उपमेयरमा मनोनयन दर्ता गराएका छन् ।
२१ भदौमा १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको भएपनि २२ गते बिहान ६ बजेसम्म मनोनयन दर्ताको काम गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.