हुलाकी न्यूज, काठमाडौं – वृहस्पति विद्या सदनको आयोजनामा जारी सेभेन ए साइड फुटबल प्रतियोगितामा छात्रतर्फ रोज बर्ड र एल ए, छात्रातर्फ सेन्ट जेभियर र अरुणिमा फाइनल चरण प्रवेश गरेका छन् । फाइनलको प्रतिस्पर्धा शुक्रबार(भोली) हुने छ ।
 
वृहस्पतिको आयोजनामा जारी फुटबलको फाइनल भोली , छात्रतर्फ रोजबर्ड र एलए,छात्रातर्फ सेन्ट जेभियर र अरुणिमा भिड्दै काठमाडौं – वृहस्पति विद्या सदनको आयोजनामा जारी सेभेन ए साइड फुटबल प्रतियोगितामा छात्रतर्फ रोज बर्ड र एल ए, छात्रातर्फ सेन्ट जेभियर र अरुणिमा फाइनल चरण प्रवेश गरेका छन् । फाइनलको प्रतिस्पर्धा शुक्रबार(भोली) हुने छ । बिहिबार भएको छात्रतर्फको सेमिफाइनलको प्रतिस्पर्धामा रोजवर्डले सेन्ट जेभियरविरुद्ध २ गोल गरेको थियो । सेन्ट जेभियरले गोल फर्काउन नसक्दा रोज बडले फाइनल यात्रा सतय गरेको हो ।
त्यस्तै, नेपाल पुलिसलाई २- १ ले पराजित गर्दै एल ए फाइनलमा पुगेको छ । फाइनलमा रोज बर्ड र एल एबिच प्रतिस्पर्धा हुने छ । त्यस्तै,छात्रातर्फ सेन्ट जेभियर र अरुणिमाबिच फाइनल खेल हुनेछ । सेन्ट जेभियर विद्या संस्कारलाई १ गोल र अरुणिमा एल एलाई १ गोल हान्दै फाइनल पुगेको हो । छात्र र छात्रातर्फ दुवै फाइनल खेल भोली हुनेछ । सेन्ट जेभियरकी सम्भारिका क्षेत्री र अरुणिमाकी पुजा तामाङ्ले गोल गर्दै आफ्नो टिमलाई फाइनल प्रवेश गराएका हुन् । छात्रतर्फ १२ र छात्रातर्फ ८ समुह प्रतिस्पर्धामा सहभागि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.