हुलाकी न्युज, जनकपुरधाम । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि काँगे्रसका एक प्रभावशाली नेता पार्टी परित्याग फोरबाट उम्मेदवारी दर्ता गराएको छ ।

काँगे्रस धनुषाका सक्रिया सदस्य सुखदेव यादवले सो पार्टी परित्याग गरेको छ । पूर्व गाविस अध्यक्ष, नेपाली काँगे्रसका प्रभावशाली नेता तथा क्षेत्रीय प्रतिनिधि समेत रहनुभएको यादवलाई पार्टी प्रदेश नं.२ मा हुन गईरहेको स्थानिय तह तेस्रो चरणको निर्वाचनमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा मेयरको टिकट नदिएपछि पार्टी परत्याग गरिएको हो ।
पार्टीमा ३ दशक भन्दा बढी देखि लागेको भन्दै कार्य मुल्याङकण, जनताको हितमा काम गर्ने नेता र ईमानदारिता नहेरी गुटबन्दीको रुपमा आफुलाई टिकट नदिई देउवा गुटका नेतालाई टिकट दिएको यादवले बताए । उनी आफ्नो पक्षमा जीत निश्चित रहेको दाबी गर्दै आएको थियो ।

उहाँले पार्टी परित्याग गरेलगत्तै मंगलबार राति संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । यादव काँगे्रसका प्रभावशाली नेता भएको हुनाले उहाँलाई पार्टी प्रवेश गराएसँगै बुधबार तामझाम र भारी जनलहरका साथ मेयर पदको लागि टिकट दिई उम्मेदवारी दर्ता गराएको छ ।

क्षीरेश्वरनाथ नगरपालिकामा फोरमको अवस्था संतोषजनक रहेको नभएको स्थानियहरु बताउछन् ।स्थानियहरुको भनाई अनुसार क्षीेश्वरनाथ नगरपालिकामा काँग्रेसको पक्कड भएपनि यादव फोरमा प्रवेश गरेपछि उक्त स्थानिय तहमा जीतको प्रवल सम्भावना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.