हुलाकी न्युज, जनकपुरधाम । जनकपुरमा निर्वाचन आचार संहिता विपरीत विभिन्न राजनीतिक दलले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ ।
बालबालिका राजनीतिक दलको चुनावी र्याली र प्रचार प्रसार खुलेआम प्रयोग गरिरहेको देखिएका छन् । बुधबार जनकपुरमा प्रचार प्रसारको क्रममा लगभग १५ बर्षका मुनिका नाबालकलसमेत रहेको नेपाली काँग्रेसको झण्डा साईकलमा बाँधीे हिँडेका देखिको हो ।
निर्वाचनमा केन्द्रीय तहमा राजनीतिक दलले चुनावमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएपनि स्थानीय स्तरमा व्यापक प्रयोग भइरहेको छ । राजनीतिक दलका स्थानीय नेताहरूले बालबालिका आफ्नै रहरले दलका कार्यक्रममा आउने गरेको बताए ।
निर्वाचन आचारसंहिताले भने चुनावमा बालबालिकाको प्रयोगलाई बर्जित गरेको छ । निर्वाचन आचारसंहिता –२०७२ को संशोधित आचारसंहिता –२०७३ को परिच्छेद २ अन्तर्गत उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको सामान्य आचरण (४) को (ड) मा भनिएको छ, ‘निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने,’ उल्लेख छ ।
बालअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले समेत चुनावमा बालबालिकाको प्रयोग नगर्न ध्याानकर्षण गराउँदै आएका छन् ।



