हुलाकी न्युज, सिरहा । सिरहाको लहान नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार मुनी साहकाे घरको अगाडीमा बम बिष्फोट गराइएको छ ।
साह लहानमा लोकप्रिय नेता र जनताका सवै काममा सहयोगी रहेको कारण जित शुनिश्चित भएपछि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, राजपाको डिजाइनमा हतोत्साही बनाउन बम बिष्फोट गराइएको हुन् सक्ने स्थानीय मतदाताको आशंका रहेको छ । साहलाई एमाले प्रवेश गरेपछि सत्तारुढ दलका कार्यकर्ताले भूमिगत सुमुह लगाएर ज्यान मार्ने धम्की दिइसकेका छन । तर कसैसामु नझुक्दै जनताको सेवा गर्न साह मेयरको उम्मेदवार बनेपछि यस्तो काम गराइएको हो ।
दिनभरिको चुनावी प्रचार प्रसार सकेर करिब साढे सात बजे घर भित्र प्रवेश गरे लगत्तै उनकाे घरमा बम फालिएको थियो । घर भित्र फालिएको बम पर्खालमा लागि बाहिरै बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । विष्फोटनबाट खासै क्षती नभएकाे प्रहरीकाे भनाई छ ।
उक्त बम खाजा बाेक्ने टिफिनमा फिट गरेर बनाइएकाे प्रहरीले बताएकाे छ । बम बिष्फोट पछि लहानमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ । उक्त बम विस्फोट कसले गराएकाे हो भन्ने बारेमा हालसम्म कसैले जिम्मा लिएकाे छैन ।



