
हुलाकी न्यूज, बीरगञ्ज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट बीरगञ्ज महानगरपालिकाको टिकट नपाएका पूर्व मेयर विमल श्रीवास्तव नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदबार बनेका छन् ।
राजपाले महासचिव राजेशमान सिंहलाई बीरगञ्जको मेयरको उम्मेदबार बनाएपछि मंगलबार साँझ कार्यकर्ताहरुसहित श्रीवास्तव फोरम लोकतान्त्रिकमा प्रवेश गरेका हुन् । फोरम लोकतान्त्रिकले पनि लगतै बीरगञ्ज महानगरपालिकाको मेयर बनाउने निर्णय गरेको छ ।
मंगलबार साँझ आफनै घर अगाडि पत्रकार सम्मेलन गरी श्रीवास्तवले गच्छदार नेतृत्वको फोरमबाट उम्मेदबार बन्ने बताएका छन् । तस्बीर : यात्राडेली



