हुलाकी न्युज, जनकपुरधाम । चुनावको बेला हुन सक्ने संभावित अपराधिक घटना एवं दुर्घटनालाई मध्यनज गर्दै ट्राफिक प्रहरीले धनुषामा अस्पष्ट नम्बर प्लेट भएको सवारीसाधनमा पुनः स्पष्ट नम्बर लेखाउने अभियान शुरु गरेको छ । आगामी प्रदेश नं. २ को असोज २ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा ट्राफिक प्रहरीले धनुषाको विभिन्न स्थानमा सवारीसाधानको चेकजाँचसंगै नम्बरप्लेट लेखाउने अभियान चलाएको हो ।
पूर्व पश्चिम राजमार्ग र ढल्केवर जनकपुर सडक खण्डको विभिन्न स्थानहरुमा गत चारदिनदेखि शुरु गरेको अभियानको क्रममा मोटरसाईकल , जीप, कार , ट्रक,ट्रीपर, बस,ट्रेक्टर लगायतको १ हजारभन्दा बढी यतायातको सवारीसाधानमा नम्बर पुनरलेखन गरिएको प्रहरीले जनाएको छ । त्यस क्रममा ट्राफिक प्रहरीले जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत जनकपुरको मुजेलिया ट्राफिक चेकपोष्ट अगाडी आज विहानैदेखि चलाएको अभियानको क्रममा ३ सयँभन्दा बढी सवारीसाधानमा नम्बरप्लेट लेखाएको प्रहरीले जनाएको छ ।
चुनावको बेलामा अस्पष्ट नम्बर प्लेट भएकै सवारीसाधानको प्रयोग गरि अपराधिक व्यक्तिले कुनै अप्रिय घटना घटाई उम्किन सक्ने र कुनै सम्भावित दुर्घटना हुँदा समेत अनुसन्धान गर्न समस्या हुने भएकाले अभियान शुरु गरेको धनुषाका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक हरिनन्दन चौधरीले ba बताएका छन् |
नम्बरप्लेट लेख्दा १ सयदेखि २ सय रुपैँयासम्म मात्र पेन्टरले लिने गरेको र रुपैयाँ नभएका व्यक्तिहरुलाई निःशुल्क रुपमा समेत सेवा प्रदान गरेको समेत बताए |



