
हुलाकी न्यूज, न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिका शाखाको वरिष्ठ उपाध्यक्षमा सुनिल साह भिड्दैछन् । जनकपुरधाममा जन्मेहुर्केका साह पेसाले आइटी इन्जिनियर हुन् । तर उनी जनकपुरधामदेखि नै समाजिक कार्यहरुमा सक्रिय हुँदै आएका छन् ।
पछिल्लो समय अमेरिकामा रहेमा मधेशीहरुलाई एकतृत गरी मधेशी एशोशिएन इन अमेरिका (मा)को स्थापना गरेका छन् । त्यसअघि उनी एशोशिएशन अफ तराईयन इन अमेरिका (एन्टा)मा सक्रिय थिए । अमेरिकामा बसेका मधेशीमा उनको पकड राम्रो हुनुको साथै गैर मधेशीहरुमा पनि उनी चर्चित रहेको उनका निकटहरुले बताउँछन् ।
डा.केशव पौडेल नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदबार साह एक कुशल नेतृत्वकर्ता हुन् ।
गैर आवासीय नेपाली संघको विषयमा साहको दृष्टिकोण फरक छ । उनी एनआरएनएलाई समावेशी बनाउनका साथै पारदर्शी पनि बनाउन चाहन्छन् । नेपालको विकास निर्माणका लागि योजना बनाएका साह चुनावी क्याम्पेनमा निकै चर्चित एवं शसक्त दाबेदारका रुपमा प्रस्तुत भएका छन् ।
निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी साह गर्छन् ।




