
हुलाकी न्यूज, काठमाडौं । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) र हुलाकी न्यूजले स्थापना गरेको हुलाकी हेल्प सेन्टरमार्फत मधेशका बाढी पीडितहरुका लागि सबभन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बाढी प्रभावित मधेशका जिल्लाहरुमा हालसम्म हुलाकी हेल्प सेन्टरले १० वटा स्वास्थ्य शिविर सञ्चालन गरेको छ भने अझै शिविरहरु सञ्चालनको तयारी भइरहेको छ । सबभन्दा बढी प्रभावित रौतहट जिल्लामा चारवटा स्वास्थ्य शिविर सञ्चालन भइसकेको छ भने अझै दुईवटा स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ ।
त्यस्तै, सप्तरीमा दुईवटा र महोत्तरीमा दुईवटा स्वास्थ्य शिविर सञ्चालन भइसकेको छ । धनुषामा पनि दुईवटा स्वास्थ्य शिविर सञ्चालन भइसकेको छ । बारासहितका जिल्लामा तत्कालै स्वास्थ्य शिविर सञ्चालनको तयारी भइरहेको हुलाकी हेल्प सेन्टरले जनाएको छ ।
हालसम्म यति ठूलो संख्यामा स्वास्थय शिविर कुनै पनि समूह अथवा गैर सरकारी स्तरबाट भएको छैन ।
त्यस्तै, हुलाकी हेल्प सेन्टरले सप्तरीको गोबरगाढाबासी र भारदहका दलित सुकुमबासीहरुलाई राहत वितरण गरेको छ । सरकार र विभिन्न राजनीतिक दलबाट उपेक्षित हुँदै आएका सहिद परिवारहरुलाई पनि हुलाकी हेल्प सेन्टरले राहत प्रदान गरेको छ ।
स्वास्थ्य शिविरमा चिकित्सकको संयोजन कोसिश फाउण्डेशनले गर्दै आएको छ । स्वास्थ्य शिविर निरन्तर जारी रहने एनआरएमएका अन्तर्राष्ट्रिय अध्यक्ष बसन्त कुशवाहाले बताएका छन् । उनले अन्य संघ संस्थालाई पनि सहकार्य गर्न आग्रह गरेका छन् ।
मधेशका बाढी पीडितहरुका लागि
हुलाकी हेल्प सेन्टरमार्फत भएका कार्यहरु
(मुख्य साझेदार गैर आवासीय मधेशी संघ (एनआरएमए)
अगष्ट १८ मा आएको बाढीका कारण मधेशका अधिकांश जिल्लाहरु प्रभावित भएका छन् । मानवीय र भौतिक क्षती पनि निकै भएको छ । बाढी पीडितलाई मध्यनजर गर्दै हुलाकी न्यूज डटकमले गैर आवासीय मधेशी संघ (एनआरएमए)को सहकार्यमा तत्कालै हुलाकी हेल्प सेन्टर सुरु गरेको छ । जसबाट राहत पुग्न नसकेका स्थानमा तत्कालै राहतको व्यवस्था गर्ने तथा बाढी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य समस्या समाधानका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने काम हुँदैछ ।
हालसम्म हुलाकी हेल्प सेन्टरले मधेशको टापु मानिएको सप्तरीको गोबरगाढामा राहत पुर्याएको छ । त्यस स्थानमा राज्य र गैरसरकारी संस्था कुनै पनि निकायले बाढी गएको करिब एक सातासम्म कुनै राहत पुर्याएका थिएन । त्यहाँका दलितसहितको बस्तीमा हुलाकी हेल्प सेन्टरले पहिलो पटक राहत पुर्यो । त्यसलगतै सप्तरीको भारदहका सुकुमवासी दलित बस्तीमा राहत वितरण गरेको छ । त्यस्तै, खाँडो नदीमा भत्किएको बाँध निर्माण स्थलमा बाढी प्रभावितहरुका लागि चलाइएको मेस(सामुहिक खाना) सखरपुरामा १५ हजार नगद सहयोग गरेको छ । त्यस्तै राहताट बञ्चित सहिद राजिव राउत र मो.मैहरुदिन मियाको परिवारलाई राहत उपलब्ध गराएको छ ।
मुख्य स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएर हुलाकी हेल्प सेन्टरले हालसम्म १० वटा स्वास्थ्य शिविर गरेको छ । जसबाट ४ हजार ९ सय १५ जनाले उपचार पाएका छन् । स्वास्थ्य शिविरमा मात्र ३ लाख ८३ हजार ३ सय ६५ रुपौंया खर्च भएको छ । ३ लाख ३७ हजार सात ६५ रुपौंयाको औषधि खरिद गरिएको छ । त्यस्तै, एक लाख ५० हजार बराबरको औषधी विभिन्न सहयोगी संस्थाहरुबाट सहयोगमा उपलब्ध गराइएको छ । हुलाकी हेल्प सेन्टरलाई डाक्टरहरुको व्यवस्थापन हाम्रो साझेदार संस्था कोसिश फाउण्डेशनले गर्दै आएको छ ।
हामीले स्वास्थ्य शिविर राख्दा बाढी प्रभावित जिल्लाहरुलाई दुई समूहमा विभाजन गरेका छौं । पहिलो समूहमा सप्तरी, महोत्तरी र रौतहटलाई राखेका छौं भने दोस्रो समूहमा सिरहा, धनुषा, सर्लाही, बारा, पर्सा, बाँके र बर्दियालाई राखेका छौं । स्वास्थ्य शिविर राख्नुभन्दा पहिले त्यस बस्ती अथवा स्थानको स्थलगत अनुगमन गरेर आवश्यकता अनुसार मात्र शिविर सञ्चालन गर्ने गरेका छौं । हाम्रो स्वास्थ्य शिविर पहिलो समूहमा हालसम्म बढी केन्द्रीत थियो अव हामी दोस्रो समूहका जिल्लाहरुमा शिविर सञ्चालन गर्ने तयारीमा छौं ।
हालसम्म हामीले सप्तरीमा दुई, महोत्तरीमा दुई, रौतहटमा चार र धनुषामा दुई गरी कुल दश स्वास्थ्य शिविर गरेका छौं । अव हामी सिरहा, बारा, सर्लाही र बाँके तथा बर्दियामा स्वास्थ्य शिविरको तयारी गरेका छौं । गैर आवासी मधेशी संघ (एनआरएमए)का अन्तर्राष्ट्रिय अध्यक्ष बसन्त कुशवाहाका अनुसार
हालसम्म भएको स्वास्थ्य शिविरको जिल्लागत रिपोर्ट
सप्तरी
१ भारदहको कंकालनी मन्दिरको प्रांगनमा
२ मधवापुरको अर्री विद्यालयमा
स्वास्थ्य शिविरमा जम्मा सहभागी ८ सय ५५ जना
औषधि खरिदमा रु.७४ हजार सात सय ६५ रुपैंया
नोटः एक लाख बराबरको औषधि कंकालिनी मन्दिरद्धारा उपलब्ध गराइएको थियो ।
अन्य खर्च (सवारी, खाना, प्रचारप्रसार) दुईवटा क्याम्पमा ८ हजार चार सय ।
जम्मा खर्च ः ८३ हजार एक सय ६५ रुपौंया
महोत्तरी
३ सहोरवा विद्यालय
४ महोत्तरी बजार (सन्हैठा)
स्वास्थ्य शिविरमा जम्मा सहभागी १५ सय ४५ जना
औषधि खरिदमा ७८ हजार पाँच सय
नोट ः दश हजार बराबरको औषधि डा.दिपेन्द्र महासेठले उपलब्ध गराएको र केही आषैधि जिल्ला जनस्वास्थ्य ।
अन्य खर्च (सवारी, खाना, प्रचारप्रसार) दुईवटा क्याम्पमा ९ हजार चार सय
जम्मा खर्च ८७ हजार ९ सय ।
रौतहट
५ गंगापिपरा बजारको मन्दिर
६ परोहा बशन्तपटीको स्कुल
७ राजपुर तुल्सी
८ छतौना पचरुखी
जम्मा सहभागी १ हजार सात सय ६५ जना
जम्मा औषधि खरिद एक लाख १८ हजार ३ सय
जिल्ला अस्पताल गौरबाट करिब १० हजारको औषधि निःशुल्क
अन्य खर्च (सवारी, खाना, प्रचारप्रसार) चारवटा शिविरमा २२ हजार ५ सय ।
जम्मा खर्च : १ लाख ४० हजार ८ सय ।
धनुषा
९ तीनकौरिया चौक
१० माची झिटकोहिया
जम्मा सहभागी ७ सय ५० जना
औषधि खरिदमा ६६ हजार ३ सय
अन्य खर्च (सवारी, खाना, प्रचारप्रसार) दुईवटा शिविरमा पाँच हजार दुई सय
जम्मा खर्च ः ७१ हजार पाँच सय ।
दश वटा स्वास्थ्य शिविरमा
औषधि खरिद : ३ लाख ३७ हजार ७ सय ६५ रुपौंया
शिविर सञ्चालन खर्च : ४५ हजार ५ सय
जम्मा खर्च : ३ लाख ८३ हजार ३ सय ६५ रुपौंया
राहत वितरणको रिपोर्ट
सप्तरी गोबरगाढााका ५९ परिवारलाई राहत
राहत सामाग्री प्रतिपरिवार (१० किल्लो चामल, एक किल्लो दाल, एक किल्लो नुन र नगद दुई सय)
जम्मा खर्च ७४ हजार सात सय
गोबरगाढाबासीलाई प्लासिष्ट बोट र लाईफ ज्याकेट खर्च ः १८ हजार दुई सय
सखरपुरा मेस(सामुहिक खाना)मा १५ हजार नगद
तेस्रो मधेश आन्दोलनका प्रथम सहिद राजिव राउतको परिवारलाई २५ किल्लो चामल, दाल आदी खाद्यान्न गरी २५ सय बराबर
रौतहटका सहिद मो.मैहरुदिन मियाको परिवारलाई ५० किल्लो चामल, दालसहित खाद्यान्न सामाग्री ३६ सय बराबरको ।
भारदहका सुकुमबासी दलित ६४ परिवारलाई राहत । प्रतिपरिवार दश किल्लो चमल, एक किल्लो दाल, पाँच किल्लो आलु, एक किल्लो नुन गरी जम्मा ५३ हजार २ सय रुपौंया खर्च ।(मधेश मानव अधिकार(मधुर)को सहयोग)
राहतमा जम्मा खर्च : १ लाख ४७ हजार चार सय ।
हुलाकी हेल्प सेन्टरले १० वटा स्वास्थ्य शिविर र राहत कार्यक्रम गरी जम्मा ५ लाख ३० हजार ७ सय ६५ रुपौंया खर्च गरेको छ ।
हुलाकी हेल्प सेन्टरका सहयोगी संस्थाहरु
मुख्य साँझेदार गैर आवासीय मधेशी संघ (एनआरएमए)
सहयोगी संस्था कोसिश फाउण्डेशन
सप्तरीको राहत र स्वास्थ्य शिविरका लागि डीएफडब्लु मधेशी समाजले ५० हजारको सहयोग
सप्तरीको भारदहस्थित सुकुमबासी दलित परिवारको राहतका लागि मधेश मानव अधिकार (मधुर) अमेरिकाको ५० हजार सहयोग
बाँकी सम्पूर्ण कार्यक्रम तथा आगामी कार्यक्रमका लागि एनआरएमएको पहल जारी छ ।
संयोजक बीपी साह



