हुलाकी न्युज, सिरहा । तराईमा चुल्ठो काटिने हल्लाले मानिसहरु आक्रान्त भइरहेका बेला सिरहा भने चुल्ठो काटिएकी एक महिलाको मृत्यु भएको छ ।
सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ७ की २५ वर्षीया लक्ष्मिनिया मुखियाको मृत्यु भएको हो । शुक्रबार घरमा कोहि नभएको बेला चुल्ठो काटिएको अवस्थामा बेहोस भएकी मुखियाको ओम गुरुकुल अस्पताल लहानमा उपचारका क्रममा राति नै मृत्यु भएको हो । मृतक मुखियालाई अस्पतालमा पोस्टमार्टमका लागि लागिएको छ ।
सिरहा जिल्लामा मात्रै अहिलेसम्म १५ जनाको चुल्ठो काटिएको घटना बाहिर आएको छ भने मृत्यु नै मुखियाको मृत्यु भएपछी त्यसले तराई अझै त्रास फैलिएको छ ।



