हुलाकी न्युज, सिरहा । सिरहाको लहानमा विहीबार सवारी दुर्घटना हुदा तिन जना घाइते भएका छन्।
सिरहाको लहान नगरपालिका-१२ भोटिया टोलमा स ७ प ३२९७ नम्बरको मोटरसाइकल र स ५ प ६९६ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किदा तिन जना घाइते भएका छन्।
 
दुर्घटना हुदा स ७ प ३२९७ नम्बरको मोटरसाइकलका चालक सिरहाको कर्जन्हा गाउपालिका बन्दिपुर-३ बस्ने २१ बर्षिय दिपक कुमार साह र सोहि मोटरसाइकल पछाडी सवार सोही ठाउँका २५ बर्षिय युवराज राईन रहेका थिए भने स ५ प ६९६ नम्बरका मोटरसाइकल चालक मझौरा २ बस्ने १८ बर्षिय संजिव चौधरी घाइते भएका हुन्।
 
घाइते मध्ये युवराजलाई न्युरो अस्पताल विराटनगर पठाइएको छ भने अन्यको उपचार राउ स्मारक अस्पताल लहानमा भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.