हुलाकी न्यूज, रौतहट, १४ असोज । रौतहट आएका नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आफ्नै निर्वाचन क्षेत्र गौर पुग्न सकेनन् । मधेशी मोर्चाका कार्यकर्ताले आक्रमण गर्ने डरले नेता नेपाल आफ्नै निवासस्थल र निर्वाचन क्षेत्र गौर पुग्न सकेनन् । गौर पुग्न नसकेपछि नेता नेपालले चन्द्रपुरमै कार्यक्रम गरेका छन् ।

रौतहट क्षेत्र नं १ बाट विजय भएका नेता नेपाल आफनै निर्वाचन क्षेत्रमा प्रवेश गर्ने हिम्मत नभए पछि गौर वासी नेता नेपाललाई डर छेरुवा नेता भनेर गौरमा नाराबाजी गरेका छन् । संविधान जारी भएपछि एमाले र नेता माधव नेपालप्रति जनताको आक्रोशबाट डराएका उनी चन्द्रनिगाहपुरबाट अगाडि बढ्न नसकेका हुन् ।

नेता नेपाल निर्वाचन क्षेत्र नंं १ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । ठूलो दलबलका साथ चन्द्रपुर आएका नेता नेपाल चन्द्रनिगाहपुरमा समेत कडा सुरक्षाका बीच कार्यक्रममा सहभागी भएका हुन । जारी संविधानका धेरै धाराहरु मधेश विरोधी रहेका तथा नेता नेपालको पहलमा नै मधेशी अधिकार विहीन बनाइएको भन्दै मधेशी जनता उहाँसँग आक्रोशित भएका हुन् ।

आफ्नो निकटका सभासदहरु बंशिधर मिश्रा, लालबाबु यादव, रामकुमार भट्टराईका साथ आफनै गृह जिल्लामा नेता नेपाल डरको माहौलमा कार्यक्रममा सहभागी भएका छन् । यस अघि संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सुझाव संकलन गर्न आएको बेला नेता नेपाल गत श्रावन ४ गते गौरबाट लखेटिएका थिए । चन्द्रपुर पुर्व पश्चिम राजमार्गमा पर्ने पहाडी वाहुल्य क्षेत्र हो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.